बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    नाकाबन्दीकै अवस्था हुने संकेत, व्यवसायीले भोलिदेखि ग्याँस नल्याउने !

    मंगलवार, २१ फागुन २०७५, आहाखबर

    काठमाडौं, २१ फागुन 

    ग्यास व्यवसायीको आन्दोलनका कारण ग्यास अभाव चर्किने संकेत देखिएको छ ।

    ग्यास उद्योगी र उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको वार्ता असफल भएको छ । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारी र मन्त्रालयका सचिव यमकुमारी खतिवडाबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको हो । सरकारसँगको छलफल सकारात्मक नभएकाले आन्दोलनका कार्यक्रम यथावत रहेका छन् ।

    ग्यास बिक्रेता वितरकको कम्तीमा ६ प्रतिशत कमिसन हुनुपर्ने माग गरेका छन् । उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर र डिलरमा काम गर्नेहरूको बीमा गरिनुपर्ने र ग्यास बिक्रेताहरूलाई आवश्यक तालिमको व्यवस्था हुनुपर्ने माग राख्दै ग्यास उपभोक्ता संघ आन्दोलनमा उत्रिएको हो ।

    उद्योगीहरूले फागुन ३० गतेदेखि ग्यास बिक्री वितरण नै रोक्ने चेतावनी दिएका छन् । ग्यास उद्योगीले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद गर्न छाडेका छन् । फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री बन्द गर्नेसहितका हड्तालका कार्यक्रम छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast