पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय #आहा खबर# आईपीएल क्रिकटका खेल आजदेखि, सुरुमा चेन्नई र बैंगलोर भिड्दै #आहा खबर# गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी #आहा खबर# एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी #आहा खबर# विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन ! #आहा खबर# विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ #आहा खबर# “लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ” #आहा खबर# भारतीय चुनावमा बिजेपी : मोदी फेरि वाराणसीबाटै, आडवाणी आउट #आहा खबर# कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो #आहा खबर# शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास #आहा खबर# मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’ #आहा खबर# कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन #आहा खबर# स्विटजरल्याण्डद्वारा १५ अर्ब सहयोगको घोषणा #आहा खबर# भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग #आहा खबर# ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ #आहा खबर#
    अावास-निर्माण

    अन्तत: मल्लकालीन शैलीमा ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु

    सोमबार, २० फागुन २०७५, आहाखबर

    काठमाडौँ, २० फागुन

    ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण सुरू गरेको हो।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए।

    उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

    रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए।

    रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन्। समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरूको संख्या बढाउने बताए।

    काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए।

    पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

    रानीपोखरीको पिँध एवम् पर्खाल निर्माण उपभोक्ता समितिमार्फत् र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ।

    मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      जमुनहा–हिल्सा द्रुतमार्ग : कर्णालीको समृद्धिमा कोशेढुङ्गा
      रुपन्देहीस्थित २ ठूला आयोजनाको भोलि प्रधानमन्त्रीबाट उद्घाटन हुदै
      कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन
      दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने
      ४ वर्षअघिदेखि शुरु गरिएको पक्की पुलको निर्माण अधुरै
      निजगढमा रुख नकाट्न भन्दै काठमाडौंमा र्‍याली
      माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत
      आजदेखि इष्टर्न हाइड्रोपावरको शेयर खुला
      विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन
      जनकपुर–जयननगर रेल्वेको प्रगतिबारे भारतीय राजदूतबाट निरीक्षण
      काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण समयमै सम्पन्न हुने
      शुक्लाफाँटामा ६० पोखरी निर्माण
      टोटी नालामा ५० लाखको लागतमा तटबन्ध निर्माण
      महासङ्घको भवन निर्माण शुरु
      ३ अर्बको लगानीमा निर्माण हुदै 'भ्यू टावर', पूर्वी नेपालकै रौनक
      त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा, असारभित्रै विद्युत् उत्पादन
      ठूला आयोजनाका बेग्लै कानुन ! ठेक्का समयमा पूरा नगरे १० वर्ष काम नपाउने
      पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु
      राष्ट्रिय गौरवका आयोजनामा ८ खर्ब ८५ अर्ब विनियोजन, खर्च २ खर्ब मात्र
      जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुँदै
      नारायणीमा सिग्नेचर पुल, चिनियाँ इञ्जिनियर चितवन आउंदै
      चीन सरकारको सहयोगमा तयार हुँदै सुक्खा बन्दरगाह
      गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु
      पुनःनिर्माणको काम धमाधम शुरु, कस्तो बन्छ नयाँ धरहरा ?
      निर्माण भएको १४ वर्ष बितिसक्दा पनि सञ्चालन नभएको यो बसपार्क
      राणाकालीन भवन 'श्रीमहल'को पुनःनिर्माण वैशाखदेखि शुरु हुने
      हिमपातका कारण विकास आयोजनाको काम प्रभावित
      रानीपोखरी पुनर्निमाणका लागि खटिए कामदार, फेरिदै मुहार !
      अन्तत: मल्लकालीन शैलीमा ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु
      गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाका लागि करोडौं रकम सङ्कलन
      Weather Forecast