३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    ब्राण्ड/संगठन

    नेबिको प्रालिको नयाँ ब्रन्च बिस्कुट नेपाली बजारमा

    शुक्रबार, १७ फागुन २०७५, आहाखबर

    काठमाडौं, १७ फागुन

    नेबिको प्रालिको आफ्नो नयाँ उत्पादन ब्रन्च बिस्कुट देशका विभिन्न शहरहरुमा बिक्री वितरण सुरु गरेको छ । नयाँ उत्पादन ब्रन्चलाई पहिलो चरणमा ठुला शहरमा सार्वजनिक गरेपछि बिस्तारै अन्य शहरहरुमा उपभोक्ताको मागलाई ध्यानमा राखेर उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ  । देशका ठुला शहरहरुमा सार्वजनिक भएको छोटो समयमै उपभोक्ताहरुले अत्यधिक मन पराएकाले अन्य शहरमा पनि यसले राम्रो प्रभाव पार्ने कम्पनीले बिश्वास लिएको छ । उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च गुणस्तरको ब्रन्च बिस्कुट उत्पादन गरेको कम्पनीले बताएको छ  ।

     

    यस्तो छ ब्रन्च बिस्कुट

    उत्कृष्ट र आकर्षक मेटालिक प्याकिङमा उपलब्ध बिस्कुटको तौल ९० ग्राम रहेको छ भने यसको बजार मूल्य २० रुपैयाँ तोकिएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त गरी विगत ५५ वर्ष अघिदेखि बिस्कुट उत्पादन गर्दै आएको यस कम्पनीले उत्पादन गरेको यो बिस्कुटमा सक्कली बटरको स्वाद राखिएको छ । यस बिस्कुटको गुणस्तर निकै उच्च किसिमको र स्वाद नरम रहेको छ । ब्रन्च बिस्कुटले कुकिजको पनि अनुभव २० रुपैयाँमै दिने भएकाले ग्राहकको मन जित्ने विश्वास कम्पनीले राखेको छ ।

    नेबिको प्रालिले कोकोनट, ट्रेकर च्वाइस, थिन आरारोट, सुगर फ्रि डाइजेष्टिभलगायतका आफ्ना उत्पादनहरु उपभोक्तामाझ ल्याइरहेको छ ।

    नेबिकोको ब्रन्च बिस्कुट बच्चादेखि बृद्ध सबैलाई हुने खालको रहेको जानकारी दिईएको छ । ब्रन्च बिस्कुट कम उमेरका बालकहरुलाई लक्षित गरेर बजारमा निकालिएको हो । कम्पनीको ब्राण्ड बिभाग प्रमुख (ब्रान्ड म्यानेजर) अरुण पौडेलका अनुसार यो बिस्कुटलाई धेरै खोज तथा अनुसन्धान गरेर मात्र बजारमा ल्याईएको हो । यसको प्रमुख उमेर समुहमा ८ वर्षका बालकदेखि २२ बर्षका युवा समुह रहेका छन् । आकर्षक प्याकेटमा बजारमा आएको यस बिस्कुटले आम उपभोक्ताको मन जित्नेमा आफू विश्वस्त रहेको प्रमुख पौडेलले बताउनुभयो । 

    कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेल यसलाई स्वदेशी स्वादमा अन्तर्राष्ट्रियस्तरको उत्पादन भन्न मन पराउनुहुन्छ । पौडेलले भन्नुभयो, "ब्रन्च बिस्कुटले विदेशी बिस्कुटहरुसँग प्रतिस्पर्धा गर्ने  र स्वदेशी बिस्कुटमै नेपाली उपभोक्ताहरुलाई  सन्तुष्टि दिन्छ ।"

    हरेक वर्ष ६ नयाँ उत्पादन बजारमा ल्याउने गरेको नेबिको प्रालिको ग्राहकवर्गहरुमा सकारात्मक छाप रहेको देख्न सकिन्छ ।

    यसको कच्चापदार्थ पूर्णतया स्वदेशी रहेको छ तर स्वादमा रहेको फ्लेवर चाहिं विदेशी मिश्रित रहेको छ । गुणस्तर र लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ नयाँ स्वादका बिस्कुट आम उपभोक्ताका लागि उत्पादन गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य छ ।

    नेबिकोका अन्य उत्पादन पनि ग्राहकहरुले उत्तिकै मन पराएका पाईन्छन् । जसमध्ये रोगिहरुलाई लक्षित गरेर बजारमा ल्याइएको  सुगर फ्री बिस्कुटले नेपाली बजारमा राम्रै छाप छोड्न सफल भएको छ । नेबिकोका अरु उत्पादनहरुमा कोलस्ट्रोलमुक्त बिस्कुट निकै चर्चित रहेको छ ।  मधुमेह भएका तथा नभएका दुवै उपभोक्ताले उपभोग गर्न मिल्ने र यसमा शारीरिक स्वास्थ्य सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ राखिएको छ ।


    नेबिकोको बारेमा 

    नेबिको प्रालि ५५ बर्षदेखि निरन्तर बिस्कुट उत्पादन गरिरहेको देशको पहिलो बिस्कुट उत्पादक संस्था हो । नेबिको प्रालिले कोकोनट, ट्रेकर च्वाइस, थिन आरारोट, सुगर फ्रि डाइजेष्टिभलगायतका आफ्ना उत्पादनहरु उपभोक्तामाझ ल्याइरहेको छ । गुणस्तरीयताको पर्यायवाची बनेको नेबिको प्रालिको उत्पादनको स्वदेशमा मात्र नभएर विदेशमा पनि माग उत्तिकै रहको छ ।

    गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नेबिकोले विगत धेरै समयदेखि आफ्ना ग्राहकवर्गको भावना र मागलाई सम्बोधन गर्दै आईरहेको छ । हरेक वर्ष ६ नयाँ उत्पादन बजारमा ल्याउने गरेको नेबिको प्रालिको ग्राहकवर्गहरुमा सकारात्मक छाप रहेको देख्न सकिन्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र गराउन नेबिकोले बेलाबखत समाजिक कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast