जानिरख्नुहोस् ! जीवन सम्पन्न हुने एउटा अचुक कारण छ यस्तो #आहा खबर# उदयपुर जिल्लामा क्याम्पस भवन उद्घाटन,जिल्ला बासिमा छायो खुसीयाली #आहा खबर# यसकारण ह्वात्तै बढ्यो तरकारीको भाउ #आहा खबर# जितपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : मलाई सधैं चमत्कारमा विश्वास लाग्छ #आहा खबर# रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण गरिदै #आहा खबर# उपकरणको अभावले वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ #आहा खबर# चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक, प्रियंका र आयुष्मानको छ यस्तो भुमिका #आहा खबर# सलमान खानले कैटरिनाको यसरी केयर गरेको देखेपछि फ्यान उत्साहित #आहा खबर# यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह #आहा खबर# नेकपा सचिवालय बैठक - पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनमा केन्द्रित #आहा खबर# अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर #आहा खबर# भारतमा सातौं तथा अन्तिम चरणको मतदान जारी, ५९ सिटका लागि ८ राज्यका ९१८ उम्मेदवार #आहा खबर# घरमा लुकिरहेको अवस्थामा विप्लवका कार्यकर्ता पक्राउ #आहा खबर# बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने : राजदूत आम्स #आहा खबर# विद्यालय नै नआई तलब खान्छन् शिक्षक, विद्यार्थीको भविष्य अन्योलमा #आहा खबर#

    aahakhabar

    ओएमजी Omg!

    चीनको चमत्कार ! ८ गगनचुम्बी भवनमाथि आकाशे पुल [फोटोहरु]

    शुक्रबार, १७ फागुन २०७५, आहाखबर

    एजेन्सी, फागुन १७  । 

    ६ वर्ष लगाएर निर्माण गरिएको संरचना, इन्जिनियरिङ प्रविधिको कलात्मक रुप भएको बताउँदै आफूहरुले हासिल गरेको उपलब्धिी प्रति निकै गर्व रहेको क्यापिटल ल्यान्डका उपप्रमुख लुकस ल्होले बताएका हुन् । 

    विश्वचर्चित आर्किटेक्ट मोस साफदेले तयार गरेका ‘राफल्स सिटी छोङकिङ’ आश्चर्यजनक ११ लाख वर्ग मिटरको संरचनाले आठवटा ठुल्ठुला टावरसँग जोडिँदै एउटा विशाल ‘स्काइ ब्रिज’ (आकाशे पुल) को रुप लिएको छ जसलाई नै ‘होराइजेन्टल स्काइस्क्रापर’ अर्थात तेर्सो गगनचुम्बी भवनको नाम दिइएको छ । 

    क्रिस्टल नाम राखिएको यस आकाशेपुल २५० मिटर लामो रहेको छ भने विश्वकै सबैभन्दा उचाइमा निर्माण भएको पुल रहेको बताइएको छ । 

    यसरी निर्माण सम्पन्न भइ सार्वजानिक गरिएपछि सो आकाशेपुलमा ग्यालरी, आकाशे बगैँचा र ‘इन्फिनिटी पुल’ अर्थात समुद्र जस्तै आभास गराउने स्वीमिङ पुल र विभिन्न रेस्टुरेन्टहरु स्थापित गराइने बताइएको छ । यति मात्र नभएर रातिको समयमा सो पुलमा जडान ठुल्ठुला झिलिमिली बत्तीहरुले पनि सुन्दर दृश्य प्रदान गर्ने बताइएको छ ।

    यस कम्प्लेक्समा २ लाख तीस हजार वर्ग मिटरको सपिङ मल, १४०० अपार्टमेन्ट, लक्जरी होटल र एक लाख ६० हजार वर्ग मिटरको आलिसान कार्यालयका लागि समेत ठाउँ राखिएको बताइएको छ । यो कम्प्लेक्स यसै वर्ष सार्वजानिक रुपमा खुला गरिने बताइएको छ । 

    यसरी अकाशेपुल मुनिका आठवटा टावरहरु भने चीनको परम्परागत भाँडाको आकारमा आधारित रहेको बताइएको छ । ३.८ अर्ब डलरको लगानीमा यो राफल्स सीटी छोङकिङ ९.२ हेक्टरको क्षेक्रफलमा निर्माण भएको छ ।  

    यो कम्प्लेक्स चीनको दक्षिणपश्चिमी शहरमा अवस्थित छ । यसबारे एसियाको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी, डेभलपर क्यापिटल ल्यान्डले सबै बाहिरी निर्माण कार्य सम्पन्न भइसकेकाले हाल आन्तरिक डिजाइनमा केन्द्रित रहेको घोषणा गरेको हो । यससँगै हाल थुप्रै रुखबिरुवाहरु आकाशेपुलमा लैजाने क्रम भइरहेको बताइएको छ । 

    एकपटक घुम्नैपर्ने गन्तव्यका रुपमा यसलाई स्थापित गराउने र स्थानीय पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । 

    इन्जिनियरिङ क्षेत्रकै चमत्कार मानिएको चीनको अति अपेक्षित ‘राफल्स सिटी छोङकिङ’ परियोजना सम्पन्न हुन लागेको बताइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast