शनिबार, श्रावन ४, २०७६
    राज्य-समाज

    मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने [८ फोटो]

    शुक्रबार, १७ फागुन २०७५, आहाखबर

    पोखरा, १७ फागुन 

    हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । 

    काठमाडौँबाट शुक्रबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो । 

    मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । 

    कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । 

     

    ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । 

    ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । 

    ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोखरेल । 

    ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast