शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

    बिहिवार, १६ फागुन २०७५, आहाखबर
    ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याए पछि काठमाण्डौ ल्याउने तयारी गर्दै । तस्वीरः नारायण ढुंगाना

    सुकेटार, १६ फागुन :

    दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

    आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् । 

    ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । 

    हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast