सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    दुर्घटनाको शोकमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइँदै

    बिहिवार, १६ फागुन २०७५, आहाखबर

    काठमाडौँ, फागुन १६  :

    सरकारले हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

    मन्त्री अधिकारीको निधनको शोकमा आज अर्थात् बिहीबार राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दुर्घटनाको समाचार लगत्तै प्रधानमन्त्रीको निर्देशनमा बोलाइएको आकस्मिक बैठकले उक्त निर्णय पारित गरेको हो ।

    बैठकले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरूमा बिदा दिने निर्णय गरेको थियो । साथै, बिहीबार देश तथा विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथ सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो ।

     

    मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ । 

    अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गर्नुभएको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गर्नुभएको बताउनुभएको छ । 

    मन्त्री अधिकारीले निर्वाह गर्नुभएको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधँै सम्झिरहने वक्तव्यमा उल्लेख छ । अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ ।

    वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उहाँहरुका शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast