आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    प्रतिकूल मौसमका कारण शव सङ्कलन प्रभावित

    बुधबार, १५ फागुन २०७५, – नारायण ढुङ्गाना.
    ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिरः नारायण ढुंगाना

    सुकेटार, १५ फागुन 

    प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ । 

    काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको हो । सेनाको नाइटभिजन हेलिकप्टर हाल सुकेटार विमानस्थलमा छ । 

    काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast