सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    भरतपुर महानगरमा भाडभैलो : “जागिर नदिँदा चरित्र हत्या भयो”

    बुधबार, १५ फागुन २०७५, आहाखबर

    चितवन, १५ फागुन

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरी एकअर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएका छन् । 

    चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् ।

    उपमेयर शाहले काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोप लगाएपछि मेयर दाहालले बुधबार भरतपुर महानगरपालिकाको नियमित पत्रकार सम्मेलन भन्दै विहान कार्यक्रम राखिन् । महानगरका प्रशासकिय अधिकृत नेत्र सुवेदीलाई छेउमा राखेर मेयर दाहालले करिव डेढ घण्टा उपमेयर शाहको आरोपलाई खण्डन गरिन् । उनले आफूमाथि लगाईएको आरोपको पुष्टि गर्न उपमेयर शाहलाई चेतावनी समेत दिइन् । उनले भनिन्–“उपमेयर ज्युले लगाउनु भएको आरोप सरासर झुठो हो, उहाँलाई एक–एक आरोप प्रमाणित गर्न चुनौति दिन्छु ।”

    डेढ घण्टा भन्दा बढि समय लगाएर गरिएको पत्रकार सम्मेलनमा सबै प्रश्न मेयर दाहालले उपमेयर माथि नै खनिईन् । 

    उपमेयर शाहले लगाएकी आरोपको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले उपमेयर शाहमाथि धेरै आरोपहरु लगाईन् । मेयर दाहालले अहिलेको विवादको सिर्जना उपमेयर शाहले भनेको व्यक्तिले जागिर नपाउँदा समस्या आएको बताईन् । उनले भनिन्–“अहिलेको अवस्था सिर्जना हुनुको चुरो अर्कै छ, उपमेयर ज्यूको भतिजिलाई महानगरमा जागिर मिलाउन नसक्दा यो अवस्था आएको हो ।” उनले उपमेयर शाहले आफ्नो सचिवालय देखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाईन् ।

    मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दाहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दाबी गरिन् ।

    मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गरिन् । उनले उपमेयर पार्वती शाहले आफुमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् ।

    उपमेयरले लगाएका सबै आरोप झुटा र मनगडन्ते भएको उनले दावी गरिन् । उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ती गर्न ताकेता गर्दे आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फकाएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिडेको प्रमुख दाहालको दावी छ । उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफुमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् ।

    सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले आफुले कुनैदिन पनि गलत मनसाय राखी जनप्रतिनिधीलाई व्यवहार नगरेको जिकिर गरे । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफू गल्ती नगरेको दावी गरे ।

    भरतपुर विकासको तीव्र गतिमा अगाडि वढीरहेको सन्र्दभमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयमा छलफलवाट टुंगो लगाउदै अगाडि वढ्न सवैमा आग्रह समेत गरिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast