आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    १४ एसएसपीको पदस्थापना र ९ जनाको सरुवा (सूचीसहित)

    आईतवार, १२ फागुन २०७५, आहाखबर

    काठमाडौं १२ फागुन 

    गृह मन्त्रालयद्वारा १४ एसएसपीको सरुवा तथा पदस्थापना गर्ने निर्णय गरेको छ । 

    एसएसपी बसन्तबहादुर कुवँरलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाजगञ्जमा सरुवा गरिएको छ । एसएसपी मीरा चौधरीलाई दुई नम्वर प्रदेश प्रहरी जनकपुरमा पदस्थापना गरिएको छ । यसअघि चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा दरवन्दी थियो । 

    मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ । 

    उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानिपोखरी, रामदत्त जोशी लाई केद्रिय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

    गृह मन्त्रालयले ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ । 

    महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेतीमा पठाइएको छ । 

    लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंहलाई पठाइएको जानकारी छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast