बिहिवार, मंसिर ५, २०७६
    स्वाद/परिकार

    यसरी पकाउनुहोस खसीको मासुका परिकार ?

    मंगलवार, ७ फागुन २०७५, आहाखबर

    काठमाडौं, ७ फागुन । 

    मासुमा भिटामिन ‘ए’ भिटामिन बी र भिटामिन डी, आइरन, जिंक, पोटासियमलगायत पौष्टिक तत्व हुन्छ । मासुमा शरीरलाई आवश्यक प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ । स्वस्थ मासु खाँदा शरीरमा स्फुर्ती आउँछ ।

    हामी घरमै बसेर पनि मासुका धेरै परिकार बनाउन सक्छौं । हामी मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौं ।

     

    मटन सेकुवा

    आवश्यक सामग्री मटन १ केजी
    जिराको धूलो १० ग्राम
    धनियाँ पाउडर १० ग्राम
    खुर्सानीको धूलो १० ग्राम
    बेसार १ चम्चा
    गरम मसला १० ग्राम
    अदुवा र लसुनको पेस्ट ४० ग्राम
    लेमन रस १० मिलिलिटर
    तोरीको तेल २० मिलिलिटर
    दही १० ग्राम
    नुन स्वादअनुसार

     

    यसरी पकाउने :

    भाँडामा सबै सामग्रीसँग मासु हालेर मोल्ने। करिब ४ घन्टा फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, फ्राइ गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ ।

     

    मटन कवाफ 

    आवश्यक सामग्री :

    एक किलो खसिको हड्डी नभएको मासु
    एक सय ५० ग्राम प्याजको सानो र लामो टुक्रा
    एक सय ग्राम भेंडे खुर्सानीको मसिनो लामो टुक्रा
    ७५ ग्राम मसिनो गरी काटेको बन्दागोभी
    ५० ग्राम हरियो धनियाँ
    २ सय ग्राम दही
    तीन चम्चा सुकेको रातो खुर्सानीको धूलो
    दुई चम्चा जिराको धूलो
    ५० ग्राम आल्मोड
    २ सय ग्राम मैदा
    आवश्यकता अनुसार घिउ र नुन ।

     

    यसरी पकाउने :

    मैदामा दही, मसला, नुन र खस्रो गरी पिसिएको बदाम मिसाउने । घिउ प्यानमा तताएर उक्त मिश्रणलाई केही मिनेट पकाएर अलग राख्ने । त्यसपछि मि श्रणमा मासुको टुक्रा हालेर मोल्ने र आधा पाक्ने गरी ग्रिल गर्ने । 

    त्यसपछि अर्को प्यानमा घिउ तताई प्याज तथा भेंडेखुर्सानी हालेर लगभग एक मिनेट पकाउने । त्यसपछि मासुको टुक्रा, प्याज तथा भेंडे खुर्सानीलाई झिरमा उनेर पाकुन्जेल सेक्ने । त्यसपछि दहीको मिश्रण हाल्ने । यसलाई प्याज, भेंडे खुर्सानी तथा बन्दागोभीले सजाउन सकिन्छ । यसरी मटन कवाफ तयार हुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast