आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    साँझ ८ बजेर ३४ मिनेट जाँदा कीर्तिपुरमा ४ रिक्टरको परकम्प

    शनिबार, ४ फागुन २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ४ फागुन 

    कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर स्केलको भूकम्प गएको थियो । 

    त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३।३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७।६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast