बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    खै त प्रधानमन्त्री ज्यू भ्रष्टाचारको जालो च्यातेको ?

    शुक्रबार, ३ फागुन २०७५, शशिशेखिर घिमिरे.

    काठमाडौँ, ३ फागुन

    प्रधानमन्त्री केपि शर्मा आलीले सम्बोधन गरेको हरेक जस्तो कार्यक्रममा भ्रष्टाचारको कुरो जोडिएकै हुन्छ । प्रधानमन्त्रीले सँधै झै समुद्ध नेपाल र सुखि जनताको नारा पनि आफनो भनाईमा छुटाएको देखिन्न । 

    तरपनि मुलुकमा भ्रष्टाचार र त्यसमा लिप्तहुनेहरुको संख्या घट्न सकेको छैन् । प्रत्येक दिनजस्तो कुनै न कुनै स्थानमा भ्रष्टाचार भएको समाचारहरु बाहिर आईरहेका छन् । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एकवर्षे कार्यकाल पुरा भएको अवसरमा व्यक्त गर्नुभएको सम्बोधनमा आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताईरहँदा भ्रष्टाचारमा ठूलै व्यक्ति मुछिन पुगे । 

    देशमा बढीरहेको भष्ट्राचार नियन्त्रणमा सरकारले विशेष काम चालिरहेको र आफ्नो ५ वर्षको कार्यकाल पुरा हुँदा देश भ्रष्टाचार मुक्त बन्ने प्रधानमन्त्रीको दाबी हावादारी सावित हुनेगरि यहाँ दिनदहाडै भ्रष्टाचार भईरहँदा हाम्रा प्रधानमन्त्रीलाई कस्तो भएको होला ? 

    सरकारी कर्मचारीले फिल्ड भिजीटको नाममा लुटेका छन् भने कतै सोझा सेवाग्राहीलाई अनेक किसीमको हावादारी गफ लगाएर लुटेका छन् 

    घुसकाण्डमा यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको चर्चा सर्वत्र चुलिएको छ । उनले तीनकुनेमा अखडा नै खोलेर संगठित भ्रष्टाचारको जालो फिजाँईरहेको समाचार सार्वजनिक हुनु केपि ओली शर्मा जस्तो प्रधानमन्त्री भएको मुलुकको लागि सुहाँउने बिषय हुँदै हैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक दुईतिहाईको सरकारको धज्जी उडाउदै यसरी भ्रष्टाचारमा डुुबेछन् कि मानौं यो देशमा जस्ले जे गरे पनि कसैले पत्तो पाँउदैन् भन्ने भ्रममा बाँचेका रहेछन्  । 

    भलै उनको कर्तुत बाहिर आएसंगै राष्ट्रपति समक्ष पाठकले राजीनामा बुझाएका छन् । यो एउटा मात्र दुष्टान्तले मुलुकमा भ्रष्टाचारको जालो कसरी फैलीएको रहेछ भन्ने घाम झै स्पष्ट भएको छ । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियोको अवलोकनपछि नेकपाका नेताहरूले पाठक बिरुद्ध चर्को दबाब दिएका थिए । 

    यो संगै पाठकले राजीनामा दिएको समाचार दिएका छन् । मुलुकमा अनेक किसीमका भ्रष्टाचारहरु मौलाउदै गएका छन् । कुनै न कुनै रुपमा भ्रष्टाचार भएकै छन् । सरकारी कर्मचारीले फिल्ड भिजीटको नाममा लुटेका छन् भने कतै सोझा सेवाग्राहीलाई अनेक किसीमको हावादारी गफ लगाएर लुटेका छन् । विषेश गरि यातायातसंग सम्बन्धित कार्यालयमा दलाल र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार हुने गरेको देखिन्छ । जहाँ बेलैमा सेवा दिने बहानामा सेवाग्राहीले एक हजार देखि पन्ध्रसय सम्म नै लिईरहेको देखिन्छ । 

    यी त केहि उदाहरण भए यसरी बिषेशगरि सरकारी कार्यालयहरुमा चालीस पैसा देखि शुरु भएर सय ,हजार र लाखमा हुने भ्रष्टाचारको फेहरिस्त केलाएर हेर्ने हो भने लामो भेटिन्छ प्रधानमन्त्री ज्यू । तपाईले हरेक कार्यक्रममा पुगेर भ्रष्टाचार अन्तय गर्न दिने गरेको भाषणको सार्थकता कम हुनु भनेको प्रधानमन्त्रीको बोलीको बजन कम हुनु हो । त्यसैले प्रधानमन्त्री ज्यू बोलीमा भन्दा व्यवहारमा भ्रष्टाचार कम हुने गतीबिधि पो गर्ने कि ? 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast