मंगलवार, मंसिर ३, २०७६
    ओएमजी Omg!

    इतिहास हेर्दा जे देखियो..., एक घण्टाभित्रमा ३ राष्ट्रपति !

    शुक्रबार, ३ फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३ फागुन 

    इतिहासमा कुनैबेला मेक्सिकोमा एक घण्टाभित्रमा तीन जना नयाँ राष्ट्रपनि बने । सन् १९१३ को फेब्रुअरी १८ को घटना हो यो । उक्त दिन तत्कालीन राष्ट्रपति मादेरोलाई सैनिक जनरल भिक्टोरियानो होएर्ताले अपदस्थ गरे । सैनिक जनरलकै योजना मुताविक कानूनी संकट छल्नका लागि तत्कालीन परराष्ट्र मन्त्री लास्कुरेनलाई राष्ट्रपति बनाइयो ।

    उपराष्ट्रपति तथा महान्यायाधिवक्तालाई पनि जेलमा कोचिएको थियो । त्यसपछि लास्कुरेनले सैनिक जनरल होएर्तालाई गृहमन्त्रीमा नियुक्त गरे र तत्कालै राष्ट्रपतिको पदबाट राजीनामा दिए ।

    त्यसपछि कानून बमोजिम राष्ट्रपतिको पद होएर्ताले पोल्टामा आयो । यसरी १ घण्टाभित्रमा मेक्सिकोमा ३ जना राष्ट्रपति बने । लास्कुरेनलाई विश्वमा सबैभन्दा कम समय राष्ट्रपति बन्ने व्यक्ति मानिन्छ । उनी जम्माजम्मी आधा घण्टाजति राष्ट्रपति बनेका थिए ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प आफूले चुनावी अभियानदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउनका लागि राष्ट्रिय आपतकाल घोषणा गर्ने भएको जनाएको छ ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसदलाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको विवरण बाहिर आएको छ ।

    अहिले मेक्सिकोको राजधानी मेक्सिको सिटी ठूलो खतरामा छ । यहाँको जमिन धसिइरहेको छ । रिपोर्टअनुसार मेक्सिको सिटीको जमिन हरेक वर्ष ६ देखि ९ इन्चको दरले तल भासिइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast