मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर के भने ?

    शुक्रबार, ३ फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गर्नु भएको छ । जम्मू कश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलालाई लिएर प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गर्नुभएको हो ।

    बिहीबार साँझ भएको हमलामा भारतीय सुरक्षाबलका ४२ जवानको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर आतंकवादको विरुद्धमा नेपाल सधैँ रहेको र भारतको साथमा रहेको जनाउनु भएको छ ।

    सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीले मोदीसँगको कुराकानीमा भारतीय सुरक्षाबलमाथि भएको हमलाको भर्त्सना गरेको र मृतकका परिवारलाई समवेदना दिनका लागि फोन गरेको उल्लेख गर्नु भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast