बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    घुस काण्डमा मुछिएका अख्तियारका आयुक्त पाठकद्वारा राजीनामा

    शुक्रबार, ३ फागुन २०७५, आहाखबर

    काठमाडौं, ३ फागुन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् ।

    शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

    स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast