मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    पुन: बिग्रियो मौसम ! देशका कैयौं भागमा वर्षा र हिमपात

    बिहिवार, २ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २ फाल्गुन 

    पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । 

    बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो। महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी देशैभरी वर्षा र हिमपात हुने बताएको छ ।

    पूर्व र मध्य नेपालमा भने पश्चिमको तुलनामा कम वर्षा हुनेछ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना छ। 

    बिहीबार राति पश्चिमी र मध्य भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको सूचना महाशाखाले सम्प्रेषण गरेको छ। पूर्वी पहाडी भागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast