मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    घुसकाण्ड : अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !

    बिहिवार, २ फागुन २०७५, आहाखबर

    काठमाडौं, २ फागुन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

    भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले भने ।

    ‘प्रधानमन्त्रीले पहिलेदेखि नै भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स भन्दै आउनु भएको छ’ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी नेकपाका एक नेताले भने, ‘घुस खाएको प्रमाण फेला परेपछि सो पदमा राख्नुहुदैन भन्नु भएको छ ।

    संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए । भट्टराई भन्छन्, ‘राजिनामा दिनु भएनन् भने महाअभियोगको बाटो त छँदैछ ।’

    भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।

    नेकपा स्रोतले आयुक्त पाठकविरुद्ध चाडै महाअभियोग संसद सचिवालयमा दर्ता हुने जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast