बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    बर्ग संघर्षबाट मात्रै परिवर्तन संभव : गृहमन्त्री थापा

    बिहिवार, २ फागुन २०७५, - शम्भु दाहाल.

    झापा, २ फागुन । 

    गृहमन्त्री रामबहादुर थापा (बादल) ले बर्ग संघर्षबाट मात्रै परिवर्तन संभव रहेको  बताउनुभएको छ । ‘जनयुद्ध’ तथा जन आन्दोलनका सहिदका सम्झनामा नेकपा झापाले बुधबार बिर्तामोडमा आयोजनाको गरेको श्रद्धान्जली सभामा बोल्दै उहाँले जनताका आकांक्षाहरु र शहिदका सपनाहरु पुरा गर्न बर्ग संघर्ष अपरिहार्य रहेको बताउनुभएको हो । 
     

    मन्त्री थापाले दुई पार्टी बीचको एकता पनि संघर्षबाटै प्राप्त भएको जिकिर गर्दै विभिन्न खाले विचारलाई समेट्नुपरेकाले एकता प्रक्रिया टुंग्याउन समय लागेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टी एकताको प्रक्रिया प्रदेशमा आएर अड्किनु बाम एकताका ‘बैरी’हरुका निम्ति खुशीको कुरा भइरहेको छ ।”  
     

    अहिलेसम्म एकता प्रक्रिया टुंगोमा पुग्न नसक्नु पार्टीका विभिन्न खाले विचारहरु नै बाधक बनेको उहाँको दाबी थियो । कार्यक्रममा उपस्थित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन ढिलो भएको भन्दै असन्तुष्टी समेत जनाएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast