बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    आउँदो फागुन ४ गते तेस्रो नवलपुर युवा सम्मेलन हुँदै

    बुधबार, १ फागुन २०७५, सुमन लम्साल .

    कावासोती, १ फागुन

    अघिल्ला बर्षहरु प्रथम र दोस्रो नवलपरासी युवा सम्मेलन आयोजना सम्पन्न गरेको हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चले यस बर्ष पनि निरन्तरता दिदै तेस्रो नवलपुर युवा सम्मेलन २०७५ को आयोजना गर्ने भएको छ ।

    यही आउँदो फागुन ४ गते कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव २०० युवा सहभागी हुने आयोजक संस्था वातावरण जनजागरण बिकास मञ्चका अध्यक्ष सुधन लम्सालले बताउनुभयो ।

    युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्रप्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस हुने अर्को आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले बताउनु भएको छ ।

    विभिन्न कार्यगरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहने साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवाबिच छलफल हुने भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast