शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    जनता बैंक र टिच-फर-नेपालबीच सम्झौता, शैक्षिक गुणस्तर बढाउने लक्ष्य

    आईतवार, २० माघ २०७५, आहाखबर

    काठमाडौं, माघ २० । 

    देशको शैक्षिकस्तर बढाउन सहायता पुर्याउने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच एक सम्झौता भएको छ । शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य गर्न बैंकले आइतबार उक्त सम्झौता गरेको हो ।

    सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गर्नुभयो । 

     

    यस्तो छ सम्झौता  

    सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई ‘फेलो’  शिक्षक कारुपमा खटाउने छ ।

    यसरी खटाइएका ‘फेलो’ शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् । बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बीचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास समेत लिएको छ ।  


    टिच फर नेपालले के गर्छ ? 

    टिच फर नेपालले देशको ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा ‘फेलो’ शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ ।

    हाल यस संस्थाले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साका बिभिन्न ग्रामिण क्षेत्रका ५१ विद्यालयमा १ सय १० जना ‘फेलो’ शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि कार्य गरिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast