बिहिवार, मंसिर २६, २०७६
    स्वाद/परिकार

    स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै घरमै परौठा बनाउने सजिलो तरिका (विधि सहित)

    मंगलवार, १५ माघ २०७५, आहाखबर

    काठमाडौं, १५ माघ  । 

    रोटी खानु स्वाद मात्र नभएर स्वास्थ्यका दृष्टीले पनि राम्रो हुन्छ ।

    रोटीको आलु परौठा परिकार स्वादमा पनि उत्तम हुन्छ भने बनाउन पनि सजिलो हुन्छ ।

    यो परिकार घरमा विशिष्ट व्यक्तिको आगमन हुँदा समेत पस्किन सकिन्छ। आलु परौठा, सजिलो संग घरमै बनाउन सकिन्छ। ताजा र गुणस्तरीय सामानको प्रयोग गरेर बनाइने हुनाले घरमा बनाइएको आलु परौठा स्वस्थबर्द्धक समेत हुन्छ । 

    पीठोमा थोरै नुन र तेल मिलाएर , त्यसमा पानी थप्दै मुछ्नुपर्छ । मुछिसकेपछि त्यसलाई केही छिन छोपेर राख्नुपर्छ । एउटा भाँडोमा उसिनेको आलु काटेर त्यसमा नुन, धनियाँ, खुर्सानी, अम्चुर पाउडर, अदुवा राखेर मुछ्नुपर्छ । अब रोटी बेलेर त्यसको बीचमा मुछेको आलु राख्नुपर्छ र रोटीलाई पोको पारेर बेल्नुपर्छ। अब तावामा तेल लगाउंदै परौठा पकाउनुपर्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast