शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    विभिन्न क्याम्पसअगाडि नेविसङ्घको विरोध, विद्यार्थीहरु पक्राउ, यस्तो छ काङ्ग्रेसको ‘प्लानिङ’

    आईतवार, १३ माघ २०७५, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, १३ माघ 

    संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ । नेविसङ्घले आईतबार बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो । 

    नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताउनुभयो । “काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति दिइएको छैन, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ”, उहाँले भन्नुभयो । 

    नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताउनुभयो । आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ । यसैबीच नेविसङ्घ, तरुण दल, महिला सङ्घले आईतबार चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जनाएकका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast