शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    ८ वर्षदेखि निर्माण रोकिएको एउटा विद्यालयको नालीवेली, सम्बन्धित निकाय मौन

    मंगलवार, ८ माघ २०७५, - शम्भु दाहाल.

    झापा, ८ माघ  । 

    झापाको मेचीनगर नगरपालिका—११, मंगलीस्थित बलभद्र माध्यमिक विद्यालयको भवन निर्माण कार्य आठ वर्षदेखी अलपत्र अवस्थामा छ । सम्बन्धित निकायले समेत चासो नदेखाएका कारण भवनको निर्माण अपुरै छ ।

    आठ बर्ष अघिबाट निर्माणकार्य सुरु गरिए पनि निर्माण व्यवसायीको चरम लापरबाहीले भवन निर्माणको काम अझैँ सम्पन्न हुन सकेको छैन । भारतीय दुताबासको ३ कडोर २८ लाख रुपैयाँको अनुदान सहयोगमा तत्कालिन जिल्ला बिकास समिति झापाले २०६६ सालमा बिद्यालयको भवन निर्माणको ठेक्का लगाएको थियो । 

    काठमाण्डौँको तुलसी भक्त निर्माण सेवाले १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी २ कडोर ६६ लाख रुपँयामा ठेक्का सम्झौता गरेको थियो । सुरुवातमा राम्रै काम गरेको तुलसी भक्त निर्माण सेवा एक बर्ष पछि एकाएक गायव भएपछी अहिले भवनको निर्माण कार्य ठप्प बनेको हो । 

    अवस्थामा छ । त्यसयता भवनको अभाबमा बिद्यार्थीको संख्यासमेत वर्षेनी घट्दो अवस्थामा रहेको बिद्यालयका सहायक प्रध्यानाध्यापक दिपेन्द्र बानियाँले बताउनुभयो ।

    निमार्णको जिम्मा लिएको कम्पनि बेपत्ता भएसँगै निर्माणस्थलमा थुपारिएका लाखौँ मुल्यका निर्माण समाग्री चोरी हुन थालेका छन् । 

    निर्माण जिम्मा लिएको कम्पनि बेपत्ता भएको भन्दै अभिभावक सहित स्थानीय धेरै पटक तत्कालिन जिल्ला विकास समिति लगायत सम्बन्धित निकायहरुमा गएको भएपनि आश्वासन मात्रै पाएको अभिभावकहरु बताउछन् ।

    त्यतिमात्र होइन निर्माणाधीन भवन समेत गुणस्तरहीन रहेको पाइएको छ । 

    भवनका कतिपय मुख्य पिलर, बिम र पर्खाल समेत बाङ्गीएको छ भने निर्माण सम्पन्न भईनसकी भवनको भित्ताहरु चर्कन थालेका छन् । निर्माणको जिम्मा लिएको तुलसी भक्त निर्माण सेवाले भवन निर्माण वापत तत्कालिन जिल्ला विकास समितिबाट एक करोड एक लाख रुपैयाँ भुक्तानी लिइसकेको रेकर्डमा देखिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast