बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख राजधानीमा, सैन्य सहयोग र पारस्परिक हीतमा छलफल

    प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने

    बिहिवार, २६ पौष २०७५, आहाखबर

    काठमाडौँ, २६ पुस 

    संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा बिहिबार अपराह्न राजधनी आइपुग्नुभयो । 

    प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उहाले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । एडमिरल डेभिडसन शुक्रबार अपराह्न स्वदेश फर्कनुहुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast