शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    विद्यार्थी टिकाउनको लागि दिवा खाजाको व्यवस्था, स्वास्थ्य एवं पोषणमा सुधार

    नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध

    बिहिवार, २६ पौष २०७५, आहाखबर

    महोत्तरी, २६ पुस 

    सामुदायिक विद्यालयमा ससाना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । 

    नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो । 

    विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि बालबालिकामा स्वास्थ्य एवं पोषणमा सुधार हुनुको साथै शिक्षामा लक्षित समूहको सुधार र नियमित रुपमा विद्यालय आउने बानी बस्ने नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । 

    सरकारी अनुदान वापत आउने प्रतिविद्यार्थी रु १५ का दरले वार्षिक रुपमा १८० दिन विद्यालयमा दिवा खाजाको व्यवस्था मिलाइएको छ । दिवा खाजाको व्यवस्था यही पुस २६ गतेदेखि गर्न लागेको नगरपालिका स्रोतले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast