आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    हुम्लामा अत्यधिक हिमपात, सिमकोटमा एक फिट हिउँ जम्यो, हवाईसेवा अवरुद्ध

    बुधबार, २५ पौष २०७५, आहाखबर

    हुम्ला, २५ पुस : 

    जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । 

    हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । 

    हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । “एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,” स्थानीयवासी पासाङ लामाले भन्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast