आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    नयाँ चिनियाँ राजदूत याङ्की काठमाडौंमा, राष्ट्रपति भण्डारीसमक्ष बुझाइन् ओहोदाको प्रमाणपत्र

    सोमबार, २३ पौष २०७५, आहाखबर

    काठमाडौँ, २३ पुस  

    नेपालका लागि नयाँ चिनियाँ राजदूत हाउ याङ्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।

    यस अघिकी राजदूत यु होङ विदा भएपछि याङ्कीलाई चीनले नेपालका लागि नयाँ राजदूतकोको रुपमा नेपाल पठाएको हो । उनी गत डिसेम्बर २९ मा नेपालमा आइपुगेकी थिइन् । उनले आफ्नो ओहोदाको प्रमाणपत्र डिसेम्बर ३० मै परराष्ट्र मन्त्रालयमा पेश गरी काम थालिसकेकी थिइन् ।

    सोमवार राजदूत होङले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारीसमक्ष पेस गरेकी हुन् । 

    राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा उनले राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । चीनसँगै सोमबार नै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका राजदूतहरुले पनि राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

    चीनको विदेश मन्त्रालयको एसिया विभागकी चार डेपुटी डाइरेक्टर जनरल मध्येकी एक यान्छीलाई चीनले नयाँ राजदूतको रुपमा नेपाल पठाएर नेपालको सम्बन्धलाई महत्त्व दिएको छ । 

    सन् २०१५ मा उनको सक्रियतामा भारतले नाकाबन्दी लगाउँदा चीनबाट पेट्रोलियम पदार्थ नेपाल आएको थियो। 

    उनीसँगै आजै  प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरियाका राजदूत) जो योङ मन, साउदी अरेवियाका राजदूत मुसाद विन सुलाइमान एम एल मावानीले समेत आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका छन् । 

    त्यस्तै नेपालका स्वीडेनका गैरआवासीय राजदूत कलास मोलिनलेसमेत आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। 

    राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast