मंगलवार, माघ ७, २०७६
    राज्य-समाज

    प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा, कांग्रेसद्वारा घेराउ गरी प्रदर्शन

    आईतवार, २२ पौष २०७५, आहाखबर

    काठमाडौँ, २२ पुस

    संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।

    आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।

    प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ। कांग्रेसको प्रदर्शनपछि साढे २ बजेदेखि १५ मिनेटका लागि संसद बैठक स्थगित भएको छ।

    सार्वजनिक महत्वको प्रस्तावमाथि प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्दै सरकार समृद्धिको बाटोतर्फ अघि बढिरहेको बताएपछि कांग्रेसका सांसद उनको ‘हचुवा’ जवाफको प्रतिवाद गर्दै रोस्टम् घेराउ गरेका हुन्।

    प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्छ भन्ने कांग्रेस सांसदहरुको माग बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले बैठक अघि बढाएपछि उनीहरुले रोस्टम घेराउ गरी प्रदर्शन गरेका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast