सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    काङ्ग्रेसका सभापति एवं विभिन्न नेता तथा सभामुखद्वारा तमु ल्होसारको शुभकामना

    नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको भनाई

    आईतवार, १५ पौष २०७५, आहाखबर

    काठमाडौँ, १५ पुस 

    पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली काङ्ग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।” 

    सभापति देउवाले सन्देशमा तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताउनुभएको छ । तमु लेसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको उल्लेख गर्दै सभापति देउवाले भन्नुभएको छ– “यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु । तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् । यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमुहरूमा पुनः शुभकामना ।” 

    सभामुख महरा– शुभकामना

    सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

    सन्देश जारी गर्नुहुँदै सभामुख महराले भन्नुभएको छ, “गुरुङ समुदायमा नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।” 

    “बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भुगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।” सन्देशमा भनिएको छ । 

    मुख्यमन्त्री राई–शुभकामना सन्देश

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

    आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । 

    नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । 

    नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ । 

    मुख्यमन्त्री राईले संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गर्नुभएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast