मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    चितवनमा हात्ती महोत्सव - सुन्दरी प्रतियोगितामा हात्तीको 'क्याटवाक', बिजुली कलीलाई उपाधी

    असल गुणका आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छनोट गरिएको हो, प्रतियोगितामा ४ वटा महिला हात्ति सहभागी थिए

    शनिबार, १४ पौष २०७५, आहाखबर

    काठमाडौं, १४ पुस । 

    चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार सुरु भएको ‘पन्ध्रौं चितवन हात्ती महोत्सव’ मा हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु सँगै शनिबार सुन्दरी प्रतियोगिता भएको छ ।

    चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तरगत शनिबार भएको सुन्दरी प्रतियोगितामा बिजुली कलीले बाजी मारेको छ । १८ वर्ष उमेरको उक्त हात्तीले अन्य सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएको हो । 

    फष्ट रनरअप २२ वर्ष उमेरको चम्पाकली हुँदा सेकेण्ड रनर अप १९ वर्षको अलिशा कली भएको छ । असल गुणका आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छनोट गरिएको हो । प्रतियोगितामा ४ वटा महिला हात्ति सहभागी थिए । 

    हात्तिलाई विभिन्न रङ्ले सजाएर प्रतिस्पर्धामा उतारिएको थियो । क्याटवक समेत गराइएको थियो । विजेता बिजुली कलीलाई ताजसहित ट्रफी प्रदान गरिएको छ । 

    हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु

    चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबार सुरु भएको ‘पन्ध्रौं चितवन हात्ती महोत्सव’ मा हात्ती फास्ट वाक र छावाबीचको फुटवलका खेलहरु सुरु भएका छन् ।

    सौराहाको बाघमारा चौरमा सुरु भएको महोत्सवमा हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा पाँच वटा हात्ती मध्ये लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली विजयी हुँदै चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेको छ । एउटा हात्ती पहिलो चरणबाटै बाहिरिएको छ । यस प्रतिस्पर्धामा १५ वटा हात्तीको सहभागिता रहेको छ ।

    बुधबार हात्तीका छावाहरुको मैत्रीपूर्ण फुटबल खेल भएको छ । छावाहरुको फूटलबल अन्तरगत मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

    यस्तै बुधबार सांगीतिक कार्यक्रम अन्तर्गत चर्चित लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारहरुले प्रस्तुति दिएका छन् । महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती श्रृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध साँस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष समुन घिमिरेले जानकारी दिए ।

    अंग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताए ।

    स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा सुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast