बिहिवार, जेष्ठ २२, २०७७
    बैंक-बीमा

    यातायात व्यवस्था विभाग - दुर्घटनाका घाइतेलाई १५ लाखसम्म उपचार खर्च दिने प्रस्ताव

    यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव

    शुक्रबार, १३ पौष २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौं, १३ पुस । 

    हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने र मृतकका परिवारको माग गर्ने बीमाबाहेक लाग्ने थप खर्च यातायात समितिहरुले बेर्होर्दै आएका छन् । तर, नयाँ म्यादअनुसार यातायात समितिहरु फागुन मसान्तपछि सबै कम्पनीमा परिणत हुनेछन् ।

    यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

    विभागले दुर्घटनामा मृत्यु भएका परिवार, घाइते तथा गम्भीर घाइतेको उपचारमा लाग्ने खर्चको बीमांक रकम दोब्बर बनाउन चाहेको छ । यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाइएको छ ।

    विभागले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमाबापतको रकम १० लाख बनाउन प्रस्ताव गरेको छ । हाल यस्तो क्षतिपूर्ति रकम ५ लाख रुपैयाँमात्रै छ ।

    यस्तै घाइतेको उपचारका लागि बीमा कम्पनीले ६ लाखसम्म बेहोर्ने गरी बीमा रकम बढाउन प्रस्ताव गरिएको विभागका महानिर्देशक लावण्य ढकालले अनलाइनखबरलाई बताए । हाल सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ३ लाख रुपैयाँ खर्च मात्रै बीमा कम्पनीले बेहोर्ने गरेका छन् ।

    बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि यस विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ ।


    प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

    कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast