सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    नेपाल राष्ट्र बैंक : उपभोक्ता मुद्रास्फिती बढ्यो, यस्तो छ हिमाल,पहाड र तराईको स्थिति !

    विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत उपभोक्ता मुद्रास्फति रहेको छ

    सोमबार, ९ पौष २०७५, आहाखबर

    काठमाडौँ, ९ पुस 

    काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महीनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । 

    नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत उपभोक्ता मुद्रास्फति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । 

    विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत उपभोक्ता मुद्रास्फति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । 

    यस्तै गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा ६.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    गत कात्तिक महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव तीन प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति दुई दशमलव तीन प्रतिशत थियो । 

    गत कात्तिक महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव तीन प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति दुई दशमलव तीन प्रतिशत थियो । 

    समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गत कात्तिक महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको दुई दशमलव तीन प्रतिशत छ । 

    अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति तीन दशमलव नौ प्रतिशत र भारतको चार दशमलव नौ प्रतिशत थियो । गत कात्तिक महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति आठ दशमलव छ प्रतिशत छ । 

    अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति शुन्य दशमलव आठ प्रतिशत थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुको मूल्यमा वृद्धि भएकोले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति तीन दशमलव नौ प्रतिशत र भारतको चार दशमलव नौ प्रतिशत थियो । गत कात्तिक महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति आठ दशमलव छ प्रतिशत छ । 

    बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई सो अवधिमा आठ दशमलव पाँच प्रतिशत कर्जा दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो कर्जा छ दशमलव सात प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा आठ दशमलव तीन, विकास बैंकको ११ दशमलव दुई र वित्त कम्पनीको पाँच दशमलव एक प्रतिशतले बढेको छ । 

    वार्षिक बिन्दुगत आधारमा गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई प्रवाह गरेको कर्जा २४ दशमलव पाँच प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६३ दशमलव दुई प्रतिशत कर्जा घर जग्गाको धितोमा गएको छ । यस्तै १४ दशमलव सात प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । गत वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव दुई र १४ दशमलव पाँच प्रतिशत थियो । 


    मुद्रास्फीतिका कारणः 

    माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
    मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

    क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
    ख) घाटाको सरकारी वित्त व्यवस्था
    ग) जनसङ्ख्या वृद्धि
    घ) कर कटौती
    ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)

    लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
    उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ :
    क) पुँजी लागतमा वृद्धि
    ख) कच्चापदार्थको मूल्यमा वृद्धि
    ग) ब्याजदरमा वृद्धि
    घ) ज्यालादरमा वृद्धि
    ङ) प्राकृतिक प्रकोप आदि ।


    लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव : 

    मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

    मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।

    सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

    मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast