शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    दुर्गम तथा विकट क्षेत्रका ३ सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान

    सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन

    सोमबार, ९ पौष २०७५, आहाखबर

    म्याग्दी, ९ पुस

    म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

    विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो । 

    मालिका गाउँपालिकाको राष्ट्रिय मावि, डाँडागाउँको अमरज्योति मावि र देवीस्थानको भीम माविमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । 

    केन्द्रले एउटा विद्यालयका लागि चार लाख रु ५७ हजार ८९० अनुदान उपलब्ध गराएको थियो । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका थिए । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको भीम माविका प्रअ डम्बर घर्तीले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast