सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    जयनगर-जनकपुरका लागि रेल खरिद प्रक्रिया अघि बढाइने, असारपछि आफ्नै रेलमा सरर...

    भाडामा लिनुभन्दा खरिद गरेरै संचालन गर्दा फाइदा हुने भएपछि खरिद गर्न लागिएको जानकारी, भारतीय रेल्वे संस्थानहरुसँग परामर्श जारी

    सोमबार, ९ पौष २०७५, आहाखबर

    काठमाडाैँ, ९ पुस 

    भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अघि बढाउने तयारी सुरु भएको हो ।

    रेल विभागका अनुसार असारसम्ममा नेपालको आफ्नै झण्डा फहराउने रेल कुद्नेछ । नेपाल–भारत क्रस बोर्डर रेल सेवा संचालन सम्वन्धी परियोजना स्टेरिङ कमिटी (पिएससी) को बैठकमा भारतीय रेल ‘वेट लिज’मा लिनेदिनेमा दुवै पक्ष सकारात्मक भएका थिए ।

    तर भाडामा लिनुभन्दा खरिद गरेरै संचालन गर्दा फाइदा हुने भएपछि खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । भारतसँग रेल किन्न विभागले भारतीय रेल्वे संस्थानहरुसँग परामर्श गरिरहेको छ ।

    रेल विभागकाअनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ । यसलाई नघुमाइ संचालन गर्न सकिने र छोटो दुरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ । एउटा ट्रेन सेटको करिव ५० करोड रुपैयाँ पर्ने विभागले जनाएको छ ।

    विभागले दुईवटा ट्रेन सेट किन्ने योजना बनाएको बताइएको छ । एउटा ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छ । जसमा एउटा मूख्य इन्जिन र अर्को सहायक इन्जिन हुन्छ । एउटा ट्रेन सेटमा १३ सय यात्रु क्षमता हुन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast