सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    नेपाल विद्युत् प्राधिकरण र ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’बीच पिपिएमा हस्ताक्षर

    नुवाकोटको मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चेमा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न रु पाँच अर्ब १२ करोड लाग्ने

    सोमबार, ९ पौष २०७५, आहाखबर

    बेत्रावती, ९ पुस  :

    नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । 

    पर्पेmक्ट परफेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरीदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो । 

    दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा ९मङ्सिर १६ देखि जेठ १५ सम्म० उत्पादन हुने विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा ९जेठ १६ देखि मङ्सिर १५ सम्म० उत्पादन हुने विद्युत् चार रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवद्र्धक पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    फाइल फोटो

    सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्पmबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्पmबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ । प्रवद्र्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो । 

    सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे ९बेत्रावती०मा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न रु पाँच अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ । 

    आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast