बुधबार, जेष्ठ २१, २०७७
    स्कुल-कलेज

    विद्यार्थीद्वारा आफ्नो खाजा खर्च कटाएर आगलागी पीडितलाई सहयोग

    आगलागीबाट दुईतले घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको थियो

    शनिबार, ७ पौष २०७५, आहाखबर

    म्याग्दी, ७ पुस

    म्याग्दीको विमस्थित किसानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आगलागी पीडितलाई रु १२ हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् । 

    पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामस्थित आगलागीपीडित कूलबहादुर भण्डारीलाई स्थानीय किसानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सङ्कलन गरेका रकमबाट राहत उपलब्ध गराइएको हो । सहयोगी संस्था युरेसका पदाधिकारी र शिक्षक पीडित भण्डारीको घरमै पुगेर वडा सदस्य कर्णबहादुर रोकाको उपस्थितिमा राहत सामग्री प्रदान गरिएको शिक्षक लक्ष्मीकान्त जैसीले जानकारी दिनुभयो । 

    विद्यार्थी र शिक्षकहरुले आफूले खाने एक दिनको खाजा खर्च कटाउनाका साथै आ–आफ्ना अभिभावकबाट थप रकमसमेत सङ्कलन गरी सहयोग गरिएको बताइएको छ । दिच्यामका भण्डारीको बुधबार बिहान अचानक घरमा आगलागी भएको थियो । आगलागीबाट दुईतले घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको थियो । अहिले पीडित भण्डारीको परिवार छिमेकीको घरमा बसेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast