सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    दाङमा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना : ३१ जना सवार मध्ये ९ को मृत्यु

    बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो

    शुक्रबार, ६ पौष २०७५, आहाखबर
    (फाईल तस्बिर)

    दाङ , ६ पुस

    दाङमा बस दुर्घटना भएको छ । ३१ जना सवार बस तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक सडकबाट बस खसेको छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ । अहिलेसम्म नौजनाको मृत्यु भइसकेको उनले पुष्टि गरे । 

    उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ । अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।

    बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। 

    धेरै हताहती भएको बुझिएको छ। बसमा ९ जना महिला र २१ जना पुरुष रहेको कपुरकोट प्रहरीले जनाएको छ। यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन।

    यसअघि, पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्डमा यात्रु बस दुर्घटना भएको छ। नेपालगञ्जबाट घोराही जाँदै गरेको ना७ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast