बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु, प्रहरीद्वारा चालक नियन्त्रणमा !

    ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई

    बिहिवार, ५ पौष २०७५, आहाखबर

    दाङ, ५ पुस

    दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast