सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    तनहुँ सुनचाँदी व्यवसायी सङ्घद्वारा प्रहरीलाई साइकल सहयोग

    व्यवसायी सामाजिक काममा समेत सहभागी हुनुपर्ने मान्यताअनुसार प्रहरीलाई साइकल प्रदान

    बुधबार, ४ पौष २०७५, आहाखबर

    दमौली, ४ पुस

    तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । 

    समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गर्नुभयो । 

    व्यवसायी सामाजिक काममा समेत सहभागी हुनुपर्ने मान्यताअनुसार प्रहरीलाई साइकल प्रदान गरिएको उहाँको भनाइ छ । प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उहाँले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो । 

    प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताउनुभयो । उहाँले शान्ति सुरक्षाले मात्रै विकास सम्भव रहेकाले जनतालाई प्रहरीप्रति विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast