आईतवार, असोज ५, २०७६
    आर्थिक खबर

    सोमबार बेलुका हराएको रु १ लाख ६४ हजार सहितको झोला भेटियो, सम्बन्धित व्यक्तिलाई नगद फिर्ता

    मंगलवार, ३ पौष २०७५, आहाखबर

    दाङ, ३ पुस :

    तुलसीपुर उपमहानगरपालिका–३ दमार गाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका हराउनुभएको नगद प्रहरीले फेला पारेपछि मंगलबार सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ । 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले सोमबार बेलुका रा४प ८१११ नंको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा खसेको रु एक लाख ६४ हजार १९५ सहितको झोला हराएको तुरुन्तै प्रहरीमा खबर गरेपछि प्रहरीले खोजतलास गरेको बताउनुभयो । 

    तुलसीपुरतर्फ आउने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरेको र सो क्रममा रा१त ३८१ नंको पिकपबाट पैसासहितको झोला फेला पारेको शाहीले जानकारी दिनुभयो । फेला पारेको पैसा सोमबार प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । 

     

    बिरामीको सेवामा लाग्न निर्देशन


     सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जनताको कामलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सोमबार डोटीको सदरमुकाम सिलगढीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीसँगको भेटघाटमा मन्त्री सुवेदीले सरुवाका लागि माथिबाट भनाउनुभन्दा पहिला बिरामीको सेवामा लाग्न निर्देशन दिनुभएको हो । 

    मन्त्री सुवेदीले डोटीमा क्षेत्रीय राजधानी रहेकामा हाल प्रदेश राजधानी कैलाली तोकिए पनि साबिकका क्षेत्रीय संरचना तथा निर्देशनालय दीपायलमै कायम रहने बताउनुभयो । 

    दीपायल सिलगढीका नगर प्रमुख मञ्जु मलासीले डोटीमा मेडिकल कलेज स्थापनाका लागि प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने र आवश्यक जग्गाजमीनको व्यवस्था नगरपालिकाले गर्ने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast