सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    भृकुटीमण्डपको खुला बजार हटाएर अब सेमि–परमानेन्ट स्टल अर्थात् स्थायी कक्ष बनाइने

    मंगलवार, ३ पौष २०७५, आहाखबर
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सोमबार यहाँ काठमाडौं निम्न व्यापारी संघ भृकुटीमण्डप खुलाबजारको २६ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै । तस्वीर ः मन्त्रीको निजी सचिवालय

    काठमाडौँ, ३ पुस  : 

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताउनुभएको छ । 

    काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताउनुभयो । 

    निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उहाँको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राख्नुभयो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast