बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न सांसदहरुको माग

    उक्त सडकलाई जसरी पनि मानसरोवरमा पु¥याएरै छोड्ने जिकिर

    सोमबार, २ पौष २०७५, आहाखबर

    डोटी, २ पुस २

    सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । 

    सांसदहरुको प्रतिनिधिमण्डल गएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेटलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषद्को बैठकमा पेश गर्ने प्रतिबद्धता भौतिक योजना तथा निर्माणमन्त्री महासेठले जनाएको कुरा सांसद आलेमगरले जानकारी दिए । 

    डोटीको विकासका लागि लागिपरेका सांसद आलेमगरले उक्त सडकलाई जसरी पनि मानसरोवरमा पु¥याएरै छोड्ने जिकिर गरे । सांसदहरु तेप्लेजुङका योगेश भट्टराई, मकवानपुरका विनोद खतिवडाले पनि ओलानचुङगोला सडक र थानकोट चित्लाङ सडकलाई पनि राष्ट्रिय राजमार्ग बनाउनका लागि पहल गरिदिन मन्त्री महासेठलाई आग्रह गरेको बताइएकोे थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast