सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    सिद्धेश्वरी मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा ९७ लाख सङ्कलन

    मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन

    सोमबार, २ पौष २०७५, आहाखबर

    दमौली, २ पुस

    तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ । 

    मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले रु तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले रु तीन लाख ५५ हजार दान गर्नुभएको नगरपालिकाका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । 

    सिद्धेश्वरी मन्दिर निर्माण गर्ने र जुवादी अमलकोटको ज्वालादेवी मन्दिरसम्म पुग्ने पदमार्ग विस्तार गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज खनालले बताए । भागवत रसिक युवा गुरु ऋषिराम महाराजले कथावाचन गर्नुभएको महायज्ञमा चौरासी पूजा, एकल तथा सामूहिक ब्रतबन्ध, नवग्रह शान्ति पुजन, विवाह, तुलादान, लाखबत्ती प्रज्ज्वलन, पितृ उद्धार, १००८ शालिग्राम परिक्रमालगायत कार्य गरिएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast