सोमबार, फागुन ५, २०७६
    शेयर बजार

    शेयर लगानीकर्ताको दबाव : पूँजीबजार सुधारको माग, ८ दिनदेखि रिले अनशन जारी, सरकारप्रति गुनासो

    पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग

    सोमबार, २ पौष २०७५, आहाखबर

    काठमाडौँ, २ पुस 

    पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले सोमबारदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । 

    नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिरे । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे । 

    दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको बताए । उनले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गरे । 

    लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानूनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast