सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    विदेशी कामदारको कम्पनी छोड्ने क्रम बढेपछि २० प्रतिशत तलब काट्ने मलेसियाको प्रस्ताव

    कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिने

    आईतवार, १ पौष २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, १ पुस 

    मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको मासिक तलब २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ । कामदारहरूले कम्पनी छोड्ने क्रम बढेपछि मन्त्रालयले यस्तो प्रस्ताव ल्याएको मन्त्री एम कुलासेगरनले बताए ।

    कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिइनेछ ।

    कामदारले कम्पनी छोड्ने कुरा रोजगारदाताले भोगिरहेको ठूलो समस्या भएकाले त्यसलाई सम्बोधन गर्न राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा यस्तो प्रस्ताव पठाइएको मन्त्री कुलासेगरनले जानकारी दिए ।

    प्रस्ताव छलफलकै क्रम रहेकाले सबै पक्षका सल्लाह सुझाव समेटिने उनले बताए।

    ‘यदि यो लागू भयो भने कामदार र श्रमिक दुबैलाई विन-विनको अवस्था हुनेछ। तलब काट्दा दुबै पक्षलाई फाइदाजनक हुनेछ,’ कुलासेगरनले भने ।

    उनले यस्तो योजना जापान र दक्षिण कोरियामा पहिलेदेखि नै लागू भएर सफल भइसकेकाले नयाँ मोडल नहुने बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast