सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    नुवाकोटमा बस दुर्घटना : ३० जनाबढिको मृत्यु भएको अनुमान, १० को शव भेटियो

    शुक्रबार, २८ मंसिर २०७५, आहाखबर

    काठमाडौं, २८ मङ्सिर । 

    नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर बस दुर्घटना भएको छ ।

    शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
     
    ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । 

    दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ । 

    ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ । 

    प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी । 

    तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast