सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    हार्दीक समवेदना !

    पाल्पाको जिप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत, नमोबुद्धको दुर्घटनामा बेहुलाबेहुली घाइते

    रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुको भनाई

    शुक्रबार, २८ मंसिर २०७५, आहाखबर
    फाइल फोटो

    बेझाड, २८ मङ्सिर  :

    बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । 

    हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ । 

    रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । जिप करीब ५०० मिटर तल खोचमा खसेको थियो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । 

     

    नमोबुद्धको दुर्घटनामा बेहुलाबेहुली घाइते

    रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

    प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast