सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    मन्त्रिपरिषद बैठकको निर्णय - नेपालमा आईसी २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँ नचल्ने

    मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो

    बिहिवार, २७ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, २७ मंसिर । 

    सरकारले २ सय रुपैयाँ दरकाे भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ ह जार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

    गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast