आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    निर्मलाको न्यायका लागि बालुवाटारमा धर्ना, मानव अधिकारकर्मी प्रहरी नियन्त्रणमा

    सोमबार, २४ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौं, २४ मंसिर

    काठमाडौंको बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए । 

    निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    गत  साउन १०  निर्मला पन्तको बलात्कार पश्चात हत्याको भएपनि दोषीको हालसम्म पहिचान हुन नसकेको छैन ।

    निर्मला पन्तको काण्ड एउटा त्यस्तो काण्ड बनेर आएको छ जसमा आमा, बाबु र बहिनी सार्वजनिक रुपमै न्यायको माग गरिरहेका छन्।

    न्याय माग्दै कञ्चनपुर, काठमाण्डू र देशका अन्य भागमा पटक पटक प्रदर्शन र नाराबाजी हुँदै आएको छ।

    विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरू समेत सहभागी हुँदै आएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast